Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बढ्दा विज्ञप्ती निकाल्ने धितोपत्र बोर्ड घट्दा किन मौन ?

अर्थ संसार

सोमबार, २१ असार २०७८, १५ : १९ मा प्रकाशित

सेयर बढ्दा विज्ञप्ती निकाल्ने धितोपत्र बोर्ड घट्दा किन मौन ?

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असार १ गते एक विज्ञप्ति जारी गर्दै ५१ वटा कम्पनीहरुको सेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको जानकारी दियो । 

बोर्डको बिज्ञप्तिपछि निरन्तर ओरालो लागेको नेपालको सेयर बजार हालसम्म पनि सम्हालिन सकेको छैन । बजार बढ्दा विज्ञप्ति निकाल्न हतारिने धितोपत्र बोर्ड अहिले निरन्तर बजार ओरालो लाग्दा किन मौन बसिरहेको छ ? एक लगानीकर्ताले प्रश्न गरे । यो मौनताले बोर्डको विज्ञप्ति बजार घटाउने कुनियतले आएको देखिएको उनको आरोप छ । 

बजारको विकास गर्ने उद्देश्यले स्थापना भएको संस्थाले नै बजार बढेको बेला घटाउन चलखेल गर्ने तर बजार घट्दा भने लगानीकर्ताहरुको मनोबल बढाउने उद्येश्यले कुनै पनि काम नगर्नुले बोर्डको भूमिकामा प्रश्न गर्न सकिने बताउँछन् लगानीकर्ता डमरुबल्ल्भ घिमिरे । अहिले के बजारमा बोर्डले बिज्ञप्तिमा उल्लेख गरेका मात्र कम्पनीहरुको सेयर मूल्य मात्र घटेको छ त ?  समग्र बजारमा यसरी निरन्तर घट्दासमेत नियामक निकाय मुकदर्शक भएर बस्नु अर्थपूर्ण रहेको तर्क उनको छ । 

बजारमा भएको चलखेलका बिषयमा चुइँक्क नबोल्ने धितोपत्र बोर्ड कम्पनीको सेयर मूल्य बृद्धि हुँदा मात्र किन उचालिन्छ ? घिमिरेले प्रश्न गरे । बजार घटेर लगानीकर्ताहरु आत्तिएको बेला लगानीकर्ताहरुको मनोबल बढाउने भूमिका पनि बोर्डको हाईन र ? कि बोर्डको काम भनेको बजार बढेको बेला विज्ञप्ति प्रकाशन गर्ने मात्र हो ? बोर्डले अभिभावकत्व ग्रहण गर्नुपर्दैन ? उनले प्रश्न गरे । 

बोर्डले उल्लेख गरेका विभिन्न संस्थाहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख थियो । तर, विज्ञप्ती प्रकाशन गरेको २० दिन बितिसक्दा पनि बोर्डको अध्ययन कहाँ पुग्यो भन्ने लगानीकर्ताहरुलाई अहिलेसम्म पनि अत्तोपत्तो छैन  ।

अहिले बजारमा धितोपत्र बोर्डले विज्ञप्तिमा उल्लेख गरेका कम्पनीहरुको मात्र सेयर मूल्य ओरालो लागेको वा घटेको भए बोर्डको कदमलाई सहि भन्न सकिन्थ्यो । तर, अहिले बजारमा सबै कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ । लाखौं लगानीकर्ताहरुको लगानी जोखिममा परेको छ । बजारमा एउटा गिरोह बजार घटाउनलाई लागि परेको छ भन्ने कुरा मंगलबारको नेपाल इन्स्योरेन्स कम्पनीको अन्तिम कारोबारले समेत प्रमाणित गरेको छ । 

बजारमा सारेआम यसरी चलखेल हुँदा चलखेलमा संलग्न ब्यक्ति र कम्पनीहरुलाई कानुनी दायरमा ल्याउने जिम्मेवारी पनि नियामक निकायको नै हो । त्यसतर्फ भने हालसम्म बोर्डको कुनै ध्यान गएको देखिदैन । 

असार १ गते धितोपत्र बोर्डले विज्ञप्ति प्रकाशन गरेको दिन नेप्से परिसूचक ३०२२.११ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बोर्डको विज्ञप्तिको दुई दिनअघि  मात्र नेपालमा १९.४२ अर्बको सेयर कारोबार हुँदै नयाँ रकेर्ड कायम भएको थियो ।

असार १ पछि निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज सोमबारको अन्तिम कारोबारसम्म आईपुग्दा २८२२ को बिन्दुमा पुगेको छ । यो करिब २० दिनको अवधिमा नेप्से परिसूचक केहि दिनहरुमा मात्र बढेको छ समग्रमा यो बिचमा नेप्से परिसुचमा २०० अंकको गिरावट आएको हो । यो अवधीमा बजारको पूँजीकरण पनि २ खर्बभन्दा बढीले घटेको देखिन्छ । 

यसरी बजार निरन्तर घटिरहेको अवस्थामा बजारमा नयाँ प्रवेश गरेका लगानीकर्ताहरु त्रसित देखिन्छ उनिहरु बजारका बलिया र राम्रा भनेका कम्पनीहरुमा पनि लगानी गर्न डराईरहेको छन् भने विभिन्न सञ्चार माध्यामहरुमा नेपाल राष्ट्र बैंकले सेयर बजारलाई कडाई गर्ने समाचारहरु बाहिरिय संगै लगानीकर्ताहरुमा थप त्रास उत्पन्न भएको छ यस्तो अवस्थामा पनि सेयरबजारको विकास र लगानीकर्ताहरुको हित संरक्षणका लागि स्थापित धितोपत्र बोर्ड किन मौन ? 

बजार निरन्तर बढ्दा बिज्ञप्ति निकालेर लगानीकर्ताहरुलाई सचेत बनाएको दावि गर्ने बोर्डले बजार घट्दा पनि लगानीकर्ताहरुको मनोबल बढाउने भुमिका र्निवाह गर्नु पर्दैन ? 

धितोपत्र बोर्डको विज्ञप्तिका कारण बजार घट्दा लगानीकर्ताहरु त मारमा परे नै । त्यसको प्रत्यक्ष प्रभाव सरकारको राजस्वमा पनि पर्ने देखिन्छ । दैनिक १५ अर्बको हारहारीमा हुँदै आएको सेयर कारोबार रकम अहिले खुम्चिएर ५ अर्ब भन्दा पनि तल पुगेको छ । जसका कारण सरकारले सेयर बजारबाट प्राप्त गर्ने पूँजीगत लाभकरको आकारमा पनि संकुचन आउने निस्चित छ ।

बजार भन्दा बढि रिटर्न RBB Mutual Fund-1 ले दिने, कस्तो छ लगानीको योजना ? Badri Prasad Pyakurel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको