Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले रेबानमा आबद्ध हुनेलाई विनाधिता १५ लाख सहुलियतपूर्ण कर्जा दिने

अर्थ संसार

सोमबार, २१ असार २०७८, १७ : १० मा प्रकाशित

ज्योति विकास बैंकले रेबानमा आबद्ध हुनेलाई विनाधिता १५ लाख सहुलियतपूर्ण कर्जा दिने

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल (रेबान) बीच  सहकार्यको लागि सम्झौता भएकोछ।

रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।

आइतबार एक कार्यक्रमकाबीच बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राज भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।

सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।

सम्झौता पश्चात बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तिय सेवा प्रदान गर्नुकासाथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरुप्रदान गर्ने र सहजै सुचारुगरि व्यवसायमा लागूगर्नपनि सहयोग गर्नेछ।व्यवसायीहरु लेडिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्ने छन्।

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग,वितिय साक्षरता, उद्यमशीलता विकासका निमित्त रेबानसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएकोछ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ATM वटामार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको