Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सले मनायो तेस्रो वार्षिकोत्सव, सुगमदेखि दुर्गमसम्म सेवा बिस्तारको लक्ष्य

अर्थ संसार

सोमबार, २१ असार २०७८, १७ : १५ मा प्रकाशित

अजोड इन्स्योरेन्सले मनायो तेस्रो वार्षिकोत्सव, सुगमदेखि दुर्गमसम्म सेवा बिस्तारको लक्ष्य

अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सव आज सोमबार विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ ।

कम्पनीले प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गर्नु भएको छ ।  

हाल कम्पनीले प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु  र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् । 

कम्पनीले प्रदान गर्ने बीमा सेवालाई छिटोछरितो, भरपर्दो र स्तरीय बनाउँदै लैजान कम्पनीले वेब बेस सिस्टम र कम्प्युटर बिलिङको समेत व्यवस्था गरेको जनाएको छ । त्यस्तै दावी भुक्तानी प्रक्रियालाई छिटोछरितो चुस्त एवं पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरी २ लाख रुपैयाँ सम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । 

कम्पनीले इन्ट्रीग्रेटेड एमआईएस सिस्टम, इन्भेस्टमेन्ट सफ्टवेयर, ग्रुप एसएमएस सिस्टम र अजोड च्याट बोर्डको सुरुआत गरिसकेको छ । त्यसैगरी डिजिटल पेमेन्ट गेटवेका लागि कम्पनीले आईएमई पे, प्रभु पे, एचआईसी एशिया फोन पे, सेल पे, खल्ती, इसेवा, पे वेल र कनेक्ट आईपीएस आदि सेवाहरुसमेतको सुरुआत गरिसकेको छ।

चालु आ.ब.को आज सम्ममा कम्पनीको चुक्ता पूँजी १(एक) अर्व, लगानी १४७.३१ करोड रुपैयाँ र कुल दाबी भुक्तानी ५८.९७ करोड रुपैयाँ (कोरोना बीमा दाबी भुक्तानी रु.१२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी ४६ करोड रुपैयाँ) रहेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रकृयामा रहेको जनाएको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहँुच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।

कोरोना भाइरस ( कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत पनि हाल सम्म कम्पनीले १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १२०.८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको