Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा आजबाट भेरोसेल लगाइँदै, ललितपुरमा कहिले ?

अर्थ संसार

मंगलबार, २२ असार २०७८, ११ : ३५ मा प्रकाशित

काठमाडौंमा आजबाट भेरोसेल लगाइँदै, ललितपुरमा कहिले ?

काठमाडौंमा आज (असार २२ गते, मंगलबार) बाट भेरोसेल खोपको दोस्रो डोज लगाइँदैछ । जेठ २५ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूलाई  आज (असार २२ गते, मंगलबार) देखि असार २४ गतेसम्म दोस्रो मात्राको खोप लगाइनेछ ।

खाेप लगाउने व्यक्तिहरूले बिहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म पहिलाे डाेज खाेप लगाएको कार्ड लिएर आफूलाई पायक पर्ने खाेप केन्द्रमा जानुपर्नेछ ।

काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज लगाउन थालेपछि ललितपुरमा कहिले लगाउने भन्ने चासाेकाे विषय बनेकाे छ ।

ललितपुर महानगपालिकाले पनि यही असार २६ गतेदेखि असार २८ गतेभित्र भेरोसेल खोप लगाउने भएकाे छ । साेही विषयमा आज (असार २२ गते, मंगलबार) महानगरीय खाेप समन्वय समितिकाे बैठक बस्न लागेकाे महानगरपालिकाकाे प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । 

यसअघि असार ९ गते, बुधबार महानगरपालिकाकाे सबै वडाहरूबाट काेभिशिल्ड पहिलाे डाेज लगाएका ७० वर्षमाथिका २२२० जना ज्येष्ठ नागरिक र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरु गरी जम्मा २५०० खाेप लगाइएकाे थियाे ।

याे पनि :

ललितपुरमा कोभिशिल्डको दोस्रो डोज बुधबार लगाइँदै

काठमाडाैँमा आज (असार २२ गते, मंगलबार) बाट भेरोसेल खोप लगाइने केन्द्रहरू यस प्रकारका छन् :

60dd5a077d3e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको