Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुको लकडाउन ह्याङ्गओभर सेल, ४०% सम्म छुट

अर्थ संसार

बुधबार, २३ असार २०७८, १३ : ५४ मा प्रकाशित

ग्यापुको लकडाउन ह्याङ्गओभर सेल, ४०% सम्म छुट

इ कमर्स ग्यापु मार्केटप्लेसले इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै 'लकडाउन ह्याङ्गओभर सेल' को घोषणा गरेको छ ।

असार २३ गतेदेखि असार २९ गतेसम्म चल्ने सेलमा इलेक्ट्रोनिक्स सामानमा चालीस प्रतिशतसम्म छुट उपलब्ध हुने ग्यापुका संस्थापक एवम् सिइओ ज्ञानेन्द्र खडकाले जानकारी दिएका छन् ।

लोकप्रिय ब्रान्डका टि भि, वासिङ मेसिन, पङ्खा, कुलर, एसि, मोबाइल लगायतका सामान अफरमा उपलब्ध हुनेछन् । अफर अवधीमा सपिङ गर्ने मध्ये भाग्यशाली ग्राहकलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिनेछ ।

डिजिटल वालेट प्रभु पे, इ सेवा, फोन पे साथै मेघा बैंक, एनएमबि बैंकको कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहार रहेको बताइएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेभसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् । 

घर घरमा निशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ सालभित्रमा मोबाइल एप डाउनलोड गर्नेहरु मध्ये एकजनालाई नयाँ कार उपहार दिने घोषणा गरिसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको