Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्स कम्पनी विश्लेषण : किन घट्दैछ लाभांश दर ?

अर्थ संसार

बुधबार, २३ असार २०७८, २० : ३० मा प्रकाशित

३ दशक लामो इतिहास भएकाे एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड एक निर्जीवन बीमा कम्पनी हाे । सन् १९८८ मा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) सन् २००५ मा लाइफ र ननलाइफ अलग भएका थिए । निर्जीवनतर्फ ‘एनएलजी’ र जीवनतर्फ ‘नेशनल लाइफ’ भएकाे हाे ।

कम्पनीकाे वित्तीय अवस्था

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.२२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तेश्राे त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क पनि ३६.२६ प्रतिशतले बढेर ८५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २७ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

चैत्र मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात ४४.९४ गुणा बढी थियाे । तेश्राे त्रैमाससम्म कम्पनीले १ लाख ६८ हजार २२८ वटा बीमालेख जारी गरी कुल १ अर्ब ६९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेश्राे त्रैमाससम्ममा कम्पनीकाे मुख्य वित्तीय सूचकहरूकाे अवस्था 

NLG INSURANCE ARTHASANSAR.jpg

सेयर बजारमा एनएलजी इन्स्याेरेन्सकाे स्थान

सेयर बजारमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको एक कराेड ९ लाख ६३ हजार ७ सय ५५ कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयरमूल्य एक हजार २ सय ६९ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम एक हजार ४ सय २२ रूपैयाँ र न्युनतम ५ सय ५१ रूपैयाँमा कारोबार भएको छ ।

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य एक हजार एक सय ४१ रूपैयाँ ५८ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको सर्वाधिक मूल्य हेर्ने हाे भने अहिले यसकाे मूल्य थाेरै घटेकाे छ । कम्पनीकाे सर्वाधिक मूल्य एक हजार ४ सय २२ रूपैयाँ रहेकोमा अहिले यसको मूल्य एक हजार २ सय ६९ रूपैयाँ छ ।

कम्पनीकाे लाभांश इतिहास

कम्पनीकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा २६.३१५ प्रतिशत लाभांश (२५ प्रतिशत बाेनस र १.३१५ प्रतिशत नगद) वितरण गरेकाे थियाे भने सबैभन्दा कम आर्थिक वर्ष २०७५/७६ मा ७.३७ प्रतिशत लाभांश (७ प्रतिशत बाेनस र ०.३७ प्रतिशत नगद) वितरण गरेकाे छ । कम्पनीले ९ वटामध्ये एउटा आर्थिक वर्ष अर्थात् २०७४/७५ मा कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन । 

एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले नगद दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ६.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष पनि कम्पनीले नगद दिएकाे थिएन । 

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३१ प्रतिशत नगद गरि कूल २६.३१ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३१५ प्रतिशत नगद गरि कूल २६.३१५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत बाेनस र ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२६३ प्रतिशत नगद गरि कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

सञ्चालक समिति तथा कम्पनीकाे व्यवस्थापन समुह 

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको नेतृत्व बिमल प्रसाद वाग्लेले गरेका छन्। कम्पनीकाे सञ्चालकमा भरत बहादुर बस्नेत, सुरेश प्रसाद खत्री, मीन बहादुर सामरी, नरेन्द्र सिंह विष्ट, शालिनी राणा र स्वतन्त्र सञ्चालकमा डा. भरत कुमार थापा छन् । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल बल्लभ पन्त रहेका छन् । पन्त साइन्स पढेर बीमा क्षेत्रमा आएका व्यक्ति हुन् । उनी बीमा क्षेत्रमा तीन दशकदेखि कार्यरत छन् । उनी यही कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएको ३ वर्ष भएको छ । उनी गत वर्ष नेपाल–जर्मन वाणिज्य महासंघको बैंकिङ तथा बीमा क्षेत्रको उपसमिति सदस्य पदमा मनोनयन भएका छन् । 

कम्पनीमा लगानी कति सुरक्षित ?

कम्पनीकाे मूल्य आम्दानी अनुपात (पिई रेसियो) ४९.८५ गुणा रहेकाे छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० गुणालाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । पिई रेसियोलाई मात्र आधार बनाएर हेर्ने हो भने अहिले यो कम्पनीमा गरिने लगानी केहि जोखिमपुर्ण देखिन्छ तर  लगानी गर्दा लगानीकर्ताहरूले पिई रेसियो मात्र नभएर अन्य विभिन्न सूचकहरूकाे बारेमा पनि राम्ररी अध्ययन गर्नुपर्दछ ।

सेयर बजारमा पनि कम्पनीकाे स्थान राम्राे छ । लगानीकर्ताहरूले राेज्ने बीमा कम्पनीकाे सूचीमा याे कम्पनी पनि पर्दछ । कम्पनीकाे सेयरमा दिर्घकालिन लगानी गर्ने लगानीकर्ताले राम्रै नाफा कमाउने देखिन्छ ।

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको