Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसिएलका संस्थापकले नहालेको ३.३० करोडको हकप्रद, अब के होला ?

अर्थ संसार

शुक्रबार, २५ असार २०७८, ११ : ५३ मा प्रकाशित

एचआईडिसिएलका संस्थापकले नहालेको ३.३० करोडको हकप्रद, अब के होला ?

नेपाल सरकारको बहुमत स्वामित्व रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) मा हकप्रद सेयर निष्काशन पछि भने संस्थानहरुको स्वामित्व घट्ने भएको छ । 

एचआईडिसिएलले आगामि साउन ५ गतेबाट १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले सर्वसाधारणहरुको लागि हकप्रद जारी गर्ने मिति तय गसिक्दा पनि संस्थापक सेयरधनीहरुको तर्फबाट लगानी गर्नुपर्ने रकम भने अहिलेसम्म पनि जुटेको छैन । 


 

कम्पनीमा हाल ३० प्रतिशत स्वामित्व रहेका संस्थापक सेयरधनी संस्थानहरु कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले कम्पनीको हकप्रदमा लगानी नगर्ने देखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरुले सर्वसाधारण तर्फको हकप्रद जारी गर्नु पुर्व नै रकम जम्मा गर्नुपर्ने प्रावधान छ तर अहिले सम्म पनि संस्थानहरुले हकप्रदका लागि रकम जम्मा नगरेपछि कम्पनीमा रहेको उनिहरुको स्वामित्व घट्ने भएको हो । 

हाल कम्पनीमा ८० प्रतिशत सेयर संस्थापक सेयर धनीहरुको र २० प्रतिशत स्वामित्व सर्वसाधारणहरुको रहेको छ । कम्पनीमा यी ३ संस्थानहरुको समान १० /१० प्रतिशत स्वामित्व रहेको छ तर अब संस्थानहरुले हकप्रदमा लगानी नगरेपछि कम्पनीमा उनिहरुको स्वामित्व ५ ५ प्रतिशतमा मात्र सिमित हुने छ । 

कम्पनीको हकप्रदमा ३ कम्पनीले ३ अर्ब ३० करोड रुपैयाँ लगानी गर्नुपर्ने थियो तर कम्पनीले लगानी अनुसारको प्रतिफल दिन नसकेको भन्दै संस्थानहरुले कम्पनीमा थप लगानी नगर्ने निर्णय गरेका हुन् । हाल एचआईडीसीएलका सिईओ अर्जुनकुमार गौतम नागरिक लगानी कोषको कार्यकारी र्निदेशक हुँदा नै कोषले एचआईडीसीएलमा थप लगानी नगर्ने निर्णय गरेको थियो । 

हाल १६ अर्ब ५० करोड चुक्ता पुँजी रहेको एचआईडीसीएलमा सरकारले १ः१ हकप्रदको अनुपातमा आउने ५ अर्ब ५० करोड रुपैयाँ गरिसकेको छ । सरकारका तर्फबाट अर्थ मन्त्रालयले २ अर्ब २० करोड, जलस्रोत तथा ऊर्जा तथा सिँचाइ मन्त्रालयले १ अर्ब १० करोड, कानुन तथा न्याय मन्त्रालयले १ अर्ब १० करोड र महालेखा नियन्त्रकको कार्यालयले १ अर्ब १० करोड रुपैयाँ थप लगानी गरिसकेका छन् । 

अब बाँकी ३ संस्थानबाट ३ अर्ब ३० करोड रुपैयाँ र सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब २० करोड रुपैयाँ बराबरको रकम उठ्न बाँकि छ । सर्वसाधारणका लागि कम्पनीले साउन ५ गतेबाट हकप्रदको बिक्री खुल्ला गर्ने तयारी कम्पनीको छ । 

यी संस्थाबाट उठ्न पर्ने पैसा नउठेपछि उक्त सेयर कम्पनीले लिलामी मार्फत सर्वसाधारणलाई खुलाउन पर्ने देखिन्छ ।       

कम्पनीकामा ५० प्रतिशत नेपाल सरकारको स्वामित्व, ३० प्रतिशत ३ वटा संस्थानहरुको र २० प्रतिशत सर्वसाधारण लगानीकर्ताहरुको स्वामित्व रहनेगरी सेयर संरचना तयार भएको भएता पनि अब ३ वटा संस्थानहरुले कम्पनीको हकप्रदमा लगानी नगर्ने भएपछि यो परिवर्तन हुने भएको छ । 

१०० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीले २०७५ साउनमा बिद्युतमा लगानी बढाउनका लागि १०० प्रतिशत हकप्रद निष्काशन गर्ने र्निणय गरेको थियो ।

कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्मको वित्तिय विवरण अनुसार कम्पनीको खुद मुनाफा ६३ करोड ८९ लाख रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै कम्पनीको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको