Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे सिटिजन्स बैंक र सिर्जना फाइनान्सकाे एकिकृत कारोबार

अर्थ संसार

शनिबार, २६ असार २०७८, ०९ : ०४ मा प्रकाशित

सुरू भयाे सिटिजन्स बैंक र सिर्जना फाइनान्सकाे एकिकृत कारोबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स कम्पनी लिमिटेडले आज (असार २६ गते, शनिबार) देखि एकीकृत कारोबार सुरू गरेका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे । दुवै कम्पनीकाे जेठ २७ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १७ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम सिटिजन्स  बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ १० गते, साेमबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियाे ।

प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता सेयर हुनेले सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । त्यस्तै, प्राप्तिपश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ नारायणहीटी पथमा रहनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60e9151fe444e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको