Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबिको ग्राहकलाई सामाग्री किन्दा क्यासब्याक

अर्थ संसार

आइतबार, २७ असार २०७८, १४ : १४ मा प्रकाशित

एनएमबिको ग्राहकलाई सामाग्री किन्दा क्यासब्याक

एनएमबि बैंक लिमिटेडले ग्राहकहरुलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यासब्याक उपलब्ध गराउने भएकाे छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी गरेको हाे ।

बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०% वा रु. ५०० सम्म क्यासब्याक प्रदान गर्ने भएको हो । 

छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको