Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाले ऋणपत्र ल्याउने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

अर्थ संसार

सोमबार, २८ असार २०७८, १६ : ३८ मा प्रकाशित

कामना सेवाले ऋणपत्र ल्याउने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

कामना सेवा विकास बैंक लिमिटेडले प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरका एक अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले “9% KSBBL Debenture 2088” नाममा ऋणपत्र जारी गर्न लागेकाे हाे ।

बैंकले ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धमा आज (असार २८ गते, साेमबार) बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन् ।

ग्राहकलाई समय सापेक्ष उत्कृष्ट सेवा सुविधाहरु उपलब्ध गराउँदै आइरहेको बैंकले हाल १२८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ  । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको