Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीच सम्झौता

अर्थ संसार

बुधबार, ३० असार २०७८, १७ : ०९ मा प्रकाशित

ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (NATTA) बीच सहकार्यकोलागि सम्झौता भएको छ। NATTA को वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सकातर्फबाट NATTA का अध्यक्ष अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो।

सम्झौता अनुसार बैंकले NATTA मा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ । साथै ज्योति विकास बैंकले NATTA अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्नपनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन्।

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग,वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्ससंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएकोछ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै  आईरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको