राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ५ प्रतिशत देखि अधिकतम ७.२५ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले ब्याजको आधारदरमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ४.३० प्रतिशत कायम गरेको छ ।
त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ८.५ प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस