Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरसहित २६ विद्युत कम्पनी विद्युत विकास विभागद्वारा सम्मानित

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १५ : ५६ मा प्रकाशित

अपि पावरसहित २६ विद्युत कम्पनी विद्युत विकास विभागद्वारा सम्मानित

विद्युत विकास विभागले २६ कम्पनीलाई सम्मान गरेको छ । विभागले २८ औं वार्षिकोत्सवको अवसर पारेर २२ वटा हाइड्रोपावर कम्पनी, ३ वटा सोलार आयोजना र एउटा बगास कम्पनीलाई सम्मान गरेको हो ।

गत आर्थिक वर्षभित्र आयोजनाको काम सम्पन्न गरी राष्ट्रिय आयोजनामा जोडिएकोले उक्त कम्पनीलाई सम्मान गरिएको विभागले जनाएको छ ।

सम्मानित हुने कम्पनीहरुको जलविद्युततर्फ अपि पावर कम्पनी, अरुण कावेली पावर,  घलेम्दी हाइड्रोपावर लगायत रहेका छन्, भने सोलार आयोजनातर्फ रिडी हाइड्रोपावर डेभलपमेन्ट, सुर्य पावर कम्पनी, इको पावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।  त्यस्तै, बगासतर्फ एभरेष्ट सुगर र केमिकल इनष्ट्रिज लिमिटेड रहेको छ । 

उक्त कम्पनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उर्जमन्त्री पम्फा भुसालले सम्मानपत्र प्रदान गरेकी हुन् । कार्यक्रममा बोल्दै भुसालले निजि क्षेत्रका विद्युत कम्पनीहरुको योगदानको उच्च  मुल्यांकन गर्दै आगामी दिनहरुमा पनि सहयोगको प्रतिवद्धता जनाएकी छिन् ।

सम्मानित हुने कम्पनीहरुको विवरण यसप्रकार छ:-

60f15bcfe3f27.jpg 60f15bd311b7b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको