Like us!
Follow us!
Connect us!
Watch us!

बजारबाट निस्कने होइन, छानीछानी सेयर किन्ने बेला होः छोटेलाल रौनियार

लगानीकर्ताको आवाज

सोमबार, ०४ साउन २०७८, ०७ : १६ मा प्रकाशित

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिले नेपालको सेयर बजारबाट निष्कने बेला नभई छानिछानि राम्रा कम्पनीहरुको सेयर किन्ने बेला भएको बताएका छन् । 

अहिलेको बेला भनेको पाकेको बाली भित्र्याउने बेला भएको भन्दै उनी अहिले लगानीकर्ताहरुलाई कम्पनीको वित्तीय अवस्थाका बारेमा राम्रोसँग अध्ययन गरेर ढुक्कसँग लगानी गर्न सुझाव दिन्छन् ।

देशमा जुन पार्टीको सरकार आए पनि लगानीकर्ताहरुको अपेक्षा सधै एउटै हुन्छ, सरकारले सधै पूँजी बजारको व्यस्थित गरोस्, विकास र विस्तार गरोस् र लगानीकर्ताहरुका् हक हितमा काम गरोस् भन्ने, रौनियार भन्छन्। 

अहिले कांग्रस नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको नेतृत्व माओबादी नेताले लिनु भएको छ । पुँजीबजारको विकास भइसकेको र बजेटको तुलनामा करिब अढाई गुणाको बजार भइसकेकाले सरकारले पूँजीबजारको हितका लागि काम नगरी सुखै नहुने उनको तर्क छ । 

मासिक रुपमा ब्रोकर कमिसन, नेप्से शुल्क र सेवोन शूल्क बाहेक  पूँजी बजारले १ अर्ब रुपैयाँभन्दा बढी पूँजीगत लाभकर सरकारलाई तिरिरहेको अवस्थामा सरकारले पनि पूँजी बजारलाई नकारात्क असर पार्ने काम सरकाले नगर्ने उनको विश्वास छ । अर्थमन्त्री समाजवादी सिद्धान्तको प्रतिनिधित्व गरिरहेको भए पनि अहिले उनीहरु उदारवादी भइसकेको अवस्थामा उनीहरूले बजारको विकासका लागि काम गर्ने उनको तर्क छ । 

अहिले बजारमा केही सुस्तता आउनुको प्रमुख कारण धितोपत्र बोर्डले असार १ गते निकालेको ५१ कम्पनीहरुको सूचीसहितको विज्ञप्ती रहेको उनको बुझाई छ । सेबोनको बिज्ञप्तिपछि पैसा लिएर लगानी गर्न तयार बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेको र नयाँ लगानीकर्ताहरु हतारिएर सेयर बेचेर बजारबाट बाहिरिएको उनको बुझाई छ ।

बजारमा चलखेल गर्नेहरु र धर्केहरुका कारणले केहि समय बजारमा करेक्सन आएका उनको तर्क छ । नयाँ सरकारलाई लगानीकर्ताहरुले हरियालीले स्वागत गरेको भन्दै उनले बजार दुई कदम अगाडी बढेर एक कदमको करेक्सन आउनु बजार मजबुद बन्न खोजेको संकेत हुने बताउछन् रौनियार ।

अबको समयमा कम्पनीहरुको गत बर्षको वित्तिय विवरणहरु सार्वजनिक गर्ने र केहि समयमा लाभांश पनि घोषणा गर्ने भएकाले अहिलेको अवस्थालाई लगानीकर्ताहरुले पाकेको बालि भित्र्याउने अवस्थाका रुपमा बुझेर कम्पनीको ब्यालेन्स सिट राम्रोसंग अध्यय गरेर लगानी गर्न सकेमा राम्रो मुनाफा कमाउन सक्ने उनको बुझाई छ । 

नेपालको पँुजी बजार अहिले अर्थतन्त्रको ऐनाको रुपमा विकास भइसकेको भन्दै उनले अहिले नेपालको सेयर बजारका कुल जनसंख्याको करिब १५ प्रतिशत जनसंख्या सेयरबजारमा संलग्न भएको र शासक र शासित दुबै बर्गका मानिसहरु समेत पुँजीबजारमा संलग्न भएकाले यो अवस्थामा जुन राजनितिक विचारधारा बोक्ने राजनितीक दलहरु पनि बजारप्रति सकारात्मक हुने उनको तर्क छ । 

नेपालको पुँजीबजारलाई पहिलेको अवस्थाका रुपमा हेर्न नहुने उनको बुँझाई छ । अब निकट भविश्यमा नै एनआरएनहरुको पनि प्रत्यक्षहरुमा सेयरबजारमा लगानी गर्नेगरी नियम र्निमाणको काम भइरहेको भन्दै उनले यसले नेपालको पुँजीबजार थप उचाईमा पुग्ने उनको अनुमान छ । 

अहिलेसम्मको सेयर बजारको सर्वाधिक कारोबार रकममा बनेको रेकर्ड पनि कम भएको र नेप्से परिसूचक पनि न्यून बिन्दुमा रहेको भन्दै उनले निकट भविश्यमै नेपालको पूँजी बजारले यस्ता हजारौ नयाँ रेकर्डहरु बनाउने उनको विश्वास छ । 

अहिले तत्काल ब्याज दर बढ्ने संभावना नरहेको, मौद्रिक नीति पनि बजारमैत्री आउने, धितोपत्र बोर्डको नीति तथा कार्यक्रम पनि बजारमैत्री आउने अपेक्षा गरिएको र नियामक निकायहरु पनि बजारप्रति एकदमै सकारात्मक रहेकोले अहिले तत्कालै बजारमा नकारात्मक प्रभाव नपर्ने उनको तर्क छ ।

कोभिडका कारण आशा गरिए जति आर्थिक बृद्धि दर हासिल हुन नसके पनि अर्थतन्त्र  नकारात्मक नहुने भन्दै उनले गत बर्षको ११ महिनाको अवधिमा  २७ वटा वाणिज्य बैंकहरुले ६५ अर्ब रुपैयाँ मुनाफा कमाएको र यो हालसम्मकै उच्च भएको उनको तर्क छ । यसरी नेप्सेमा सूचिकृत कम्पनीहरुको मुनाफामा धेरै नकारात्मक असर नपरेका कारण पनि उनीहरुले वितरण गर्ने मुनाफामा कुनै असर नपर्ने उनको दावि छ । 
कम्पनीको पिइ रेसियो, नेटवर्थ, प्रतिसेयर आम्दानी र कम्पनीको वितरण योग्य मुनाफाको अवस्था अध्ययन गरेर लगानी गर्दा बजार बुलिस् होस् वा बियरिस केही फरक नपर्ने उनको दावी छ ।  अहिलेको बुलिस अवस्थामा पनि कतिपय कम्पनीहरु अन्डरभ्यालुड भएको भन्दै उनले तिनको राम्रोसँग अध्ययन गरी लगानी गर्ने सक्नेहरुका लागि यो बजार प्रबेशको उपयुक्त समय हुने उनको तर्क छ ।

अहिले पनि पूँजी बजारको ७० प्रतिशत हिस्सा ओगटेका बैंक तथा वित्तीय संस्थाहरुको सेयर मूल्य नेप्से इन्डेक्स १८०० को बिन्दुमा हुँदाको भन्दा कम रहेको भन्दै उनले यी कम्पनीको सेयर मूल्य बृद्धि नहुँदासम्मको बुललाई बास्तविक बुल मान्न नसकिने उनको तर्क छ । 

अहिलेको नेप्से इन्डेक्स बढ्नुको मूख्य कारण नै नयाँ नयाँ आईपिओ जारी गर्ने कम्पनीहरुको सेयर मूल्यमा आएको उछाल रहेको उनको तर्क छ । पुराना र सेयर बजारको ७० प्रतिशत हिस्सा ओगटेका कम्पनीहरुको सेयर मूल्य नेप्से इन्डेक्स ३००० पुग्दा पनि १८०० को इन्डेक्सभन्दा कम हुनुलाई वास्तविक बुल मान्न नसकिने उनको तर्क छ । 

“नेपाल पुनर्बिमा कम्पनीले मात्र नेपालको नेप्से इन्डेक्स १२२ अंकले बढाएको छ, नयाँ आईपिओ जारी गरेका कम्पनीहरुले मात्रै ७०० सम्म इन्डेक्स बढाएका र केही सीमित १२–१५ कम्पनीहरुको सेयर मूल्यमा आएको उछालका कारण मात्र नेप्से परिसूचक यो बिन्दुमा पुगेको हो । अहिले पनि बजारमा राम्रा कम्पनी छानेर लगानी गर्ने अवसर छ । अहिले लगानी नगर्नेहरु भोलि अवस्य पछुताउनु पर्ने हुन्छ” रौनियारले भने । 

अब आगामी दिनमा नेपालको पूँजी बजार झनै उचालिने अवस्था देखिएको बताउछन् रौनियार । “राष्ट्र बैंकले अहिले मौद्रिक नीतिमार्फत क्रस होल्डिङमार्फत मर्जर लाने वा कमजोर बैंकहरुलाई बलिया  बैंकसँग फोर्स मर्जरमा लाने नीति अबलम्बन गर्ने तयारी गरिरहेको हुनाले जुनसुकै नीति अवलम्बन गरे पनि यसले बजारमा सेयर संख्या घट्न जाने हुन्छ जसले गर्दा बजारमा नयाँ उमंग थपिन्छ” उनले भने । रौनियारसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको