Like us!
Follow us!
Connect us!
Watch us!

बजेट अध्यादेश संसद्मा पेश, केहि हेरफेर हुनसक्ने

पत्रपत्रिका

सोमबार, ०४ साउन २०७८, ०७ : ५६ मा प्रकाशित

बजेट अध्यादेश संसद्मा पेश, केहि हेरफेर हुनसक्ने

अध्यादेशबाट ल्याइएको चालू बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री विष्णु पौडलले गत जेठ १५ मा प्रस्तुत २०७८/७९ को बजेट अध्यादेशलाई शर्माले संसद्मा पेश गरेका हुन् । 

संविधानमा जेठ १५ मै अर्थमन्त्रीले संघीय संसद्मा बजेट पेश गर्नुपर्ने भएपनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत् बजेट ल्याइएको थियो । नयाँ संविधान जारी भएपछि बजेट कार्यान्वयन हुने वर्षमा बजेट संसदमा पेश भएको यो पहिलो घटना हो । आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्रिय ऋण उठाउने अध्यादेश मन्त्री शर्माले संसद्मा पेश गरेका हुन् ।

संसद्मा बोल्दै अर्थमन्त्री शर्माले सरकारको अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न केही महसुल, कर, शुल्क र दस्तुर लगाउन, चालु राख्न वा हेरफेर गर्न प्रचलित कानुन हेरफेर गर्नुपर्ने भएकाले संघीय संसद्को अधिवेशन नभएको बखत अध्यादेश ल्याउनुपरेको बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्दै कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नपाउने उल्लेख गरेको थियो ।

आर्थिक कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको