Like us!
Follow us!
Connect us!
Watch us!

करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउनुस् : अर्थमन्त्री शर्मा

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, २० : ५३ मा प्रकाशित

करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउनुस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । 

मन्त्रालयको आन्तरिक ब्रिफिंगको क्रममा मन्त्री शर्माले भने “थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरैजनाबाट थोरै दरमा कर उठाउने कार्य योजना चाहियो ।”

मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मेहेनत गर्नुपर्नेमा जोड दिए । “यसको लागि मेरो तर्फबाट के सहयोग गर्नुपर्छ त्यो कुरा मलाई भन्नुहोला, करदाताको संख्या विस्तार नगरेसम्म राजश्व संकलनको लक्ष पूरा गर्न सकिदैन ।” उनल भने “करदातामैत्री नीति  कार्यान्वयनमा ल्याउनु पर्यो ।” 

उनले प्रशासनिक झण्झटहरु हटाएर करदातालाई सजिलो बनाइदिन समेत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिए । “कर तिर्नको लागि करदाताले वाक्कलाग्दो झण्झट बेहोर्नुपरेको कुरा मैले सुन्ने गरेको छु यो अवस्थाको अन्त्य गर्नुस ।” कर प्रशासनलाई करदातामैत्री बनाउर्नेमा जोड दिँदै मन्त्री शर्माले कर प्रशासन जनताको शासक नभई सेवक भएको धारणा राखे ।

विद्यमान कर प्रशासनमा सुधार गर्ने हो भने सजिलै करको दायरा विस्तार गर्न सकिने मन्त्री शर्माको भनाइ थियो । ब्रिफिंगको क्रममा मंगलवार राजश्व व्यवस्थापन महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्रस्तुति गरेका थिए ।    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको