Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्याेरेन्सको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, ०६ साउन २०७८, ११ : ५१ मा प्रकाशित

सगरमाथा इन्स्याेरेन्सको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडले ५ लाख कित्ता भन्दा धेरै संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । 

कम्पनीकाे संस्थापक समूहका संस्थागत शेयरधनी सनराइज बैंक लिमिटेडले निजकाे नाममा रहेकाे ५ लाख ५ सय १२ कित्ता संस्थापक सेयर बिक्रीको लागि निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागिएकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य प्रतिकित्ता ७ सय ५६ रूपैयाँ ५५ पैसा ताेकिएकाे छ ।

सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीकाे प्रधान कार्यालयमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो । उक्त अवधिभर सेयर खरिदको लागि आवेदन नपरेमा वर्तमान संस्थापक शेयरधनीभन्दा बाहिरका व्यक्ति वा संस्थालाई बिक्रि गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f7bae41ca7b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको