Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सका लगानीकर्ता ५ वर्षमै मालामाल, यस्तो छ लाभांशको इतिहास

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १२ : ३७ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सका लगानीकर्ता ५ वर्षमै मालामाल, यस्तो छ लाभांशको इतिहास

पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि लगानीकर्ताहरूको आकर्षण बढ्दै गइरहेको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत लगानीकर्ताहरूको रोजाइमा पर्ने कम्पनी हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले संस्थाको सेयरमूल्य प्रतिकित्ता एक हजार ६ सय ४० रूपैयाँ रहेको छ । 

संस्थाको ५ आर्थिक वर्षको लाभांश इतिहास नियाल्दा ५ वटा आर्थिक वर्षमध्ये संस्थाले सबैभन्दा धेरै आर्थिक वर्ष २०७३ ७४ मा ४२.११ प्रतिशत लाभांश (३० प्रतिशत बोनस र १२.११ प्रतिशत नगद) वितरण गरेको थियो  भने सबैभन्दा थोरै आर्थिक वर्ष २०७६ ७७ मा १७.८३ प्रतिशत लाभांश (१६.९४ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद) वितरण गरेको थियो ।

संस्थाको सेयरमा ५ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताको पुँजी संस्थाले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेको बोनसबाट अहिले बढेर ३ लाख ८८ हजार रूपैयाँ भन्दा माथी पुगेको छ ।

यस्तो छ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड​को ५ वर्षको लाभांश इतिहासः

१. आर्थिक वर्ष २०७२/७३ः आर्थिक वर्ष २०७२/७३ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०७३/७४ः आर्थिक वर्ष २०७३/७४ मा पनि संस्थाले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस र १२.११ प्रतिशत नगद गरि कूल ४२.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०७४/७५ः आर्थिक वर्ष २०७४/७५ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७५/७६ः आर्थिक वर्ष २०७५/७६ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७६/७७ः आर्थिक वर्ष २०७६/७७ मा संस्थाले आफ्ना सेयरधनीहरूलाई १६.९४ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कूल १७.८३ प्रतिशत लाभांश वितरण गरेको छ ।

पाँच बर्ष अघि कम्पनीको १०० कित्ता सेयर खरिद गर्ने लगानीकर्ताहरुको सेयर संख्या अहिले बृद्धि भएर २५० कित्ता पुगेको छ । हिजोको अन्तिम कारोबार मूल्य अनुसार ५ बर्ष अघि १०० कित्ता सेयर खरिद गर्ने लगानीकर्ताहरुको पुँजी ४ लाख १० हजार रुपैयाँ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको