Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब लगानी गर्ने

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १० : ५१ मा प्रकाशित

कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब लगानी गर्ने

कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रूपैयाँ ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा एकलौटी लगानी गरेको कोषले तामाकोशी पाँचौँमा पनि एक्लै लगानी गर्न लागेको हो ।

लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा हिजाे आइतबार हस्ताक्षर गरिएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

तामाकोशी पाँचौँको कूल लगानी रु १६ अर्ब रहने अनुमान गरिएको छ । कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ ।

माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौं अगाडि बढाउन लागिएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेकाे छ । 

तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको