Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेसिभ फाइनान्सले सानी हेभी इकुप्मेन्ट किन्न कर्जा प्रवाह गर्ने

अर्थ संसार

बुधबार, १३ साउन २०७८, १७ : ५८ मा प्रकाशित

प्रोग्रेसिभ फाइनान्सले सानी हेभी इकुप्मेन्ट किन्न कर्जा प्रवाह गर्ने

प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेड र भाजुरत्न एजेन्सी प्रा.लि. र भाजुरत्न एग्रो  बिच सानी (SANY)  ब्राण्डका एस्काभेटर र एभेन्जर ब्राण्डका ट्र्याक्टर खरिद कर्जासम्बन्धी सम्झौता भएको छ।

सम्झौताअन्तर्गत भाजुरत्नका ग्राहकले मेसिनको मूल्यको ७० प्रतिशतसम्मको कर्जा प्रोग्रेसिभ फाइनान्सबाट लिन सक्नेछन् । कर्जा अवधि ५ वर्षको हुनेछ। यो सुविधा फाइनान्सको जुनसुकै शाखाहरुबाट लिन सक्नेछन्। नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको प्रोग्रेसिभ फाइनान्सले दश वटा शाखामार्फत कारोबार गर्दै आएको छ।

सम्झौतामा प्रोग्रेसिभ फाइनान्स का तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाई र  भाजुरत्न एजेन्सि तथा भाजुरत्न एग्रो को तर्फबाट उपाध्यक्ष निराजन रुपाखेती ले हस्ताक्षर गर्नुभएको छ। भाजुरत्न एजेन्सी ले सानी (SANY) ब्राण्ड का हेभी इकुप्मेन्ट का साथ साथै भाजुरत्न एग्रो अन्तर्गत एभेन्जर (AVENGER) ब्रान्ड को ट्र्याक्टर बिक्री बितरण गर्दै आइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको