Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको नाफा १११.११ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ०८ : २४ मा प्रकाशित

समता घरेलु लघुवित्तको नाफा १११.११ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा अघिल्लो आर्थिक वर्षको तुलनामा संस्थाको मुनाफामा बृद्धि भएको छ । 

उक्त विवरण अनुसार  गत आर्थिक वर्षको अन्तिसम्म आइपुग्दा संस्थाले १० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १११.११ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड १३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको अन्तिमसम्ममा संस्थाको सञ्चालन मुनाफा पनि १११.११ प्रतिशतले बढेर १७ करोड २० लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ८ करोड १४ लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  चौथो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६५.९४ प्रतिशतले बढेर २० करोड ४९ लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २८ करोड ५६ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड ५४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा संस्थाको जगेडा कोषको आकार ४३.११ प्रतिशतले बृद्धि भएको हो ।  

खुद मुनाफामा आएको बृद्धिसगै संस्थाको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा बढेको देखिन्छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ४३.४२ गुणा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको