Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदी कम्पनी विश्लेषण : लगानी गर्न कति सुरक्षित ?

अर्थ संसार

सोमबार, १८ साउन २०७८, १२ : ३९ मा प्रकाशित

युनाइटेड मोदी कम्पनी विश्लेषण : लगानी गर्न कति सुरक्षित ?

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत एक पब्लिक लिमिटेड कम्पनी हो । नेपालको कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना गरिएकाे यस कम्पनीकाे उद्देश्य निजी लगानीको माध्यमबाट नेपालमा जलविद्युतलाई बढावा दिनु हो ।

युनाइटेड मोदी हाइड्रोपावर प्राइभेट कम्पनीकाे रूपमा २०६४ साल मंसिर ५ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएकाे थियाे । पछि २०७० साल चैत्र २८ गते कम्पनी पब्लिक कम्पनीमा रूपान्तरण भएकाे थियाे । यस कम्पनीकाे केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा स्थित छ ।

कम्पनीले अहिले २ वटा आयाेजना सञ्चालन गरिरहेकाे छ । पहिलो १० मेगावाटकाे तल्लो मोदी -१ जलविद्युत परियोजना हाे । याे परियोजना नोभेम्बर २०१२ देखि सञ्चालनमा छ । दोस्रो १०.५ मेगावाटकाे तल्लो मोदी -२ जलविद्युत परियोजना हो । यी दुवै जलविद्युत परियोजना पर्वत जिल्लाकाे पोखरा- बागलुङ राजमार्गसँगै मोदी खोलामा स्थित छन् ।

कम्पनीकाे चैत्र १६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले मेवा खोला हाइड्रोपावरको कुल जारी पुँजीको ३०% सेयरमा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले मेवा खोलामा ३०% लगानी रहने गरी प्रतिकित्ता १०० रुपैयाँको दरले ६७ करोड ५० लाख रुपैयाँ बराबरकाे ६७ लाख ५० हजार कित्ता सेयरमा लगानी गर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति तथा कम्पनीकाे व्यवस्थापन समुह 

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको नेतृत्व नरेन्द्र बल्लभ पन्थले गरेका छन्। 

कम्पनीकाे प्रबन्ध निर्देशकमा सुधिर प्रसाद तिमल्सिना छन् । कम्पनीकाे सञ्चालकमा सुकुन्त लाल हिराचन, कृष्ण प्रसाद आचार्य, मुकुन्द प्रसाद तिमल्सिना, सुनिल भक्त श्रेष्ठ र आशिष थापा छन् । कम्पनीकाे स्वतन्त्र सञ्चालकमा रेनुका पाण्डे र सुबाेध भट्टराइ छन् ।

कम्पनीकाे वित्तीय अवस्था (गत आर्थिक वर्षको​ तेश्राे त्रैमास अनुसार)

कम्पनीकाे गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । 

आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड २७ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलानामा ३०.५९ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ४ करोड ४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिसम्म कम्पनीको संचालन आम्दानी भने ३.७७ प्रतिशतले घटेर २२ करोड ६३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ५२ लाख २१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो  । चैत्र मसान्तसम्म कम्पनीले अन्य स्रोतबाट १४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ। 

हाल चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ रहेको छ । चैत्र मसान्तसम्म प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ ।

सेयर बजारमा युनाइटेड मोदीकाे स्थान

सेयर बजारमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको एक कराेड १५ लाख कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयरमूल्य ५ सय १३ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम ५ सय २५ रूपैयाँ र न्युनतम ९९ रूपैयाँमा कारोबार भएको छ ।

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य २ सय ७० रूपैयाँ ४८ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको सर्वाधिक मूल्य हेर्ने हाे भने अहिले यसकाे मूल्य थाेरै मात्र घटेकाे छ । कम्पनीकाे सर्वाधिक मूल्य ५ सय २५ रूपैयाँ रहेकोमा अहिले यसको मूल्य ५ सय १३ रूपैयाँ छ ।

कम्पनीकाे लाभांश इतिहास

कम्पनीकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै ८.४२१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा कम ५ प्रतिशत लाभांश वितरण गरेकाे छ । कम्पनीले हालसम्म ४ वटा आर्थिक वर्षमा लाभांश वितरण गरेकाे छ । 

४ वटा आर्थिक वर्षकाे लाभांश यस प्रकारकाे छ :

आर्थिक वर्ष २०७६/७७ : ५.२६३ प्रतिशत नगद लाभांश

आर्थिक वर्ष २०७५/७६ : ८.४२१ प्रतिशत नगद लाभांश

आर्थिक वर्ष २०७४/७५ : ५ प्रतिशत नगद लाभांश

आर्थिक वर्ष २०७३/७४ : ५ प्रतिशत नगद लाभांश

कम्पनीमा लगानी कति सुरक्षित ?

कम्पनीकाे मूल्य आम्दानी अनुपात (पिई रेसियो) ८१.३७ गुणा रहेकाे छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० गुणालाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । पिई रेसियोलाई मात्र आधार बनाएर हेर्ने हो भने अहिले यो कम्पनीमा गरिने लगानी केहि जोखिमपुर्ण देखिन्छ तर  लगानी गर्दा लगानीकर्ताहरूले पिई रेसियो मात्र नभएर अन्य विभिन्न सूचकहरूकाे बारेमा पनि राम्ररी अध्ययन गर्नुपर्दछ । अरू सूचकहरू अध्ययन गर्दा याे कम्पनीकाे वित्तीय अवस्था नेप्सेमा सूचीकृत अन्य हाइड्राेपावर भन्दा राम्राे छ ।

पछिल्लाे समय सेयर बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढिरहेकाे छ । विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । साेही कारण पनि हाइड्राेपावरप्रति लगानीकर्ताकाे  आकर्षण बढेकाे अनुमान लगाउन सकिन्छ । याे नीति लागू भएमा याे कम्पनीले पनि हकप्रद सेयर निष्कासन गर्ने सम्भावना छ । 

हाइड्राेपावरमा लगानी गर्न चाहाने लगानीकर्ताहरूले याे हाइड्राेपावरमा लगानी गर्न पनि सुरक्षित नै देखिन्छ । कम्पनीकाे नाफा, जगेडा काेष, ईपीएसहरू सकारात्मक छ । कम्पनीकाे उत्पादित बिजूली राष्ट्रीय प्रसारण लाइनमा जोडीइसकेको छ । कम्पनीमा प्राकृतिक प्रकोपको जोखिमको सम्भावना पनि न्यून छ । बजेटले पनि याे आयाेजनालाई उच्च प्राथमिकतामा राखेको छ । कम्पनीकाे सम्पूर्ण अवस्था हेर्दा कम्पनीमा लगानी गर्नु सुरक्षित नै छ ।

टेक्निकल चार्टले के देखाउछ ?

 

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

 

6107a30047e94.png 6107a300c6718.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको