Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, ०७ : ४३ मा प्रकाशित

गणपति लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड २१ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ७५.९१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ३९ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड २५ लाख ७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४०.७५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड ४१ लाख ४६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि ६०.०८ प्रतिशतले बढेर ४ करोड ८६ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ३ करोड ३ लाख ९० हजार रूपैयाँ रहेकाे थियाे ।

गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकहरुले दिए सामुहिक राजिनामा

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १२ कराेड ७३ लाख ५६ हजार रूपैयाँ रहेकाे छ । संस्थाकाे जगेडा कोष ५ करोड ६३ लाख ८८ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ २८ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ५१.४८ गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

6108a2d2df23f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको