Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिसेयर आम्दानी घट्यो, अन्य वित्तिय अवस्था कस्तो छ ?

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, ०६ : २३ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिसेयर आम्दानी घट्यो, अन्य वित्तिय अवस्था कस्तो छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे खुद नाफा थाेरै घटेकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १.२६ प्रतिशतले कम हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ८४ करोड ७१ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

बैंकको वितरणयोग्य नाफा ६५ करोड ८५ लाख ५२ हजार रुपैयाँ रहेको छ । 

चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ३३ करोड ३५ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८.३६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले एक अर्ब २३ करोड ६ लाख ६५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा ७.९२ प्रतिशतले बढेर एक अर्ब १८ कराेड ८९ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन नाफा एक अर्ब १० कराेड १६ लाख ९८ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ पुगेकाे छ । बैंककाे जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ सञ्चित छ । बैंककाे प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ छ । बैंककाे प्रतिसेयर आम्दानी २ रुपैयाँ ८८ पैसा घटेर ४ रुपैयाँ १८ पैसामा सीमित भएको छ । बैंकको पीई रेसियो ११७.७० गुणा रहेको छ ।

बैंकले सार्वजनिक गरेकाे चाैथाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :

610c85313617c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको