Like us!
Follow us!
Connect us!
Watch us!

अविश्वासकाे प्रस्ताव आएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १४ : ०७ मा प्रकाशित

अविश्वासकाे प्रस्ताव आएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा उनीविरुद्ध अविश्वासकाे प्रस्ताव आउने भएपछि उनले विशेष अधिवेशन सुरू हुनु अगाडि नै राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका हुन् ।

उनी २०७४ फागुन ३ गते पहिलो पटक  प्रदेश ५ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल २०७८ साल, वैशाख १९ गते राजीनामा दिएर सोही दिन राति धारा १६८ को उपधारा १ बमोजिम पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको