Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन र सगरमाथा इन्स्याेरेन्सबीचकाे मर्जर हल्ला मात्रै !

अर्थ संसार

बुधबार, २७ साउन २०७८, १६ : ३० मा प्रकाशित

हिमालयन र सगरमाथा इन्स्याेरेन्सबीचकाे मर्जर हल्ला मात्रै !

हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच मर्जर हुने भनी चर्चा भइरहेकाे खबरहरू हल्ला मात्रै रहेकाे छ ।

मर्जर सम्बन्धी भएकाे चर्चा हल्ला मात्र रहेकाे हिमालयन जनरल इन्स्याेरेन्सकाे कम्पनी सचिव ध्रुव प्रसाद न्याैपानेले बताएका छन् ।

केही समयअघि यस विषयमा सामान्य छलफल गरिएकाे भएपनि हाल विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा भए जस्ताे मर्जरका लागि कुनै प्रकृया भने हालसम्म नचालिएकाे उनले अर्थ संसार डटकमलाई जानकारी दिएका छन् ।

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड र हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड दुवै निर्जीवन बीमा कम्पनी हुन् । हाल सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे चुक्ता पुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेकाे छ भने हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको