Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बाँडफाँड हुन्छ शिखर पावरको आईपीओ ?

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, ०७ : ५४ मा प्रकाशित

कहिले बाँडफाँड हुन्छ शिखर पावरको आईपीओ  ?

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । 

उक्त आईपीओ बिहान साढे ८ बजे बाँडफाँड हुने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको हो । अनुमति पाए लगत्तै माघ ६ गतेदेखि ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र माघ २० गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।

त्यसपछि कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोष र कर्मचारी सहित सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा कुल १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो । यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको थियो । आईपीओमा मागभन्दा धेरै मात्रामा आवेदन परेकाले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड हुनेछ । बाँडफाँडमा १ लाख ८४ हजार २६० जना आवेदकले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको