Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट

अर्थ संसार

शनिबार, ३० साउन २०७८, ०७ : ३६ मा प्रकाशित

नेपाल टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद मुनाफा नाफा २३.५४ प्रतिशतले घटेर ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ थियो। 

सो अवधिमा कम्पनीको आम्दानी ३१.४६ प्रतिशतले घटेर ५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ सिमित भएको छ । जजबकी अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ८ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ थियो । 

हाल चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८१ अर्ब ६० करोड ६९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा संचित रकम भने ६.२० प्रतिशतले बढेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ६९ पैसा रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानीमा १५.३० प्रतिशतले गिरावट आएको हो । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ६४४ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको