Like us!
Follow us!
Connect us!
Watch us!

प्रभू बैंकको नाफामा उछाल, ईपीएस पनि बढ्यो

अर्थ संसार

शनिबार, ३० साउन २०७८, १० : २३ मा प्रकाशित

प्रभू बैंकको नाफामा उछाल, ईपीएस पनि बढ्यो

प्रभू बैंक लिमीटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको नाफामा आकर्षक वृद्धि भएको छ ।

सो अवधिसम्म बैंकले २ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा यो नाफा ६८.४५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिम वर्षमा बैंकले १ अर्ब १९ करोड मात्र खूद नाफा आर्जन गरेको थियो । 
 

त्यसैगरी, बैंकको खुद व्याज आम्दानी ५ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासससम्म यस्तो आम्दानी ४ अर्ब ५२ करोड रुपैयाँमा सीमित सिमित थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने संचालन मुनाफा २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । 
 

हाल चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष पनि ३ अर्ब ८५ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ५८ पैसा रहेको १७ रुपैयाँ ७३ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा रहेको छ । 

लगानीको नयाँ सुत्र : ९९% सुरक्षित, कहाँ र कसरी हुन्छ लगानी? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको