Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपका लगानीकर्तालाई दुवै हातमा लड्डु !

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, १६ : ४८ मा प्रकाशित

ङादी ग्रुपका लगानीकर्तालाई दुवै हातमा लड्डु !

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । यसका साथसाथै कम्पनीले हकप्रद सेयर पनि निष्कासन गर्ने प्रस्ताव गरेकाे छ ।

कम्पनीकाे आज (साउन ३१ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेकाे छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १:२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

6118f5c7120e9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको