आज (माघ २९ गते) ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अन्तिम अवसर रहेको छ। लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
पहिले माघ १४ गतेसम्म आवेदनको म्याद राखिएको थियो, तर पर्याप्त आवेदन नपरेपछि आवेदनको म्याद थपेर माघ २९ सम्मको समय थप गरिएको हो।
कम्पनीले कुल चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपियाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
हकप्रद सेयरको प्रक्रिया अघि बढाउन कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। यसअन्तर्गत मंसिर १७ गतेसम्मका कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस