Like us!
Follow us!
Connect us!
Watch us!

चैत्र महिनामा सम्पन्न हुन पर्ने न्यादी आयोजनाको रोकिएको काम अघि बढ्यो

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, ११ : ०८ मा प्रकाशित

चैत्र महिनामा सम्पन्न हुन पर्ने न्यादी आयोजनाको रोकिएको काम अघि बढ्यो

अर्थ संसार,  लमजुङ, : चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको रोकिएको काम अघि बढेको छ ।

३० मेगावाट क्षमताको यस आयोजनामा लकडाउनका कारण ढुवानीमा समस्या भएपछि रोकिए पनि यतिबेला सहज भएसँगै आयोजनाको काम शुरु भएको हो ।
 
यतिबेला आयोजनाको ड्यामसाइट र डेनस्टक पाइप लाइनको काम भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताउछन् । गुरुङ्का  अनुसार चिनियाँ करिब ४० र नेपाली दुई-तीन जना कामदारले काम गरिरहेका छन्।

विसं २०७३ चैत महिनाबाट निर्माणकार्य थालनी गरेको यस आयोजनाले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । 

उक्त सम्झौताअनुसार गत चैत्र महिनामा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । तर, विविध कारणले निर्माण कार्यमा ढिलाइ भइरहेको बेला लकडाउन भएकाले काम प्रभावित हुँदा झन् आयोजनाको निर्माणकार्य लम्बिएको छ ।

हालसम्म ८५ प्रतिशत मात्र आयोजनाको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ, विद्युत गृह  (पावरहाउस), बाँध क्षेत्रको सिभिल संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । अनुमानित करिब रु छ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ ।
 
आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे ४ अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीबाट २५ प्रतिशत लगानी रहेको छ । 

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षायाममा रु ४.८० र सुक्खायामका लागि रु ८.४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको