Like us!
Follow us!
Connect us!
Watch us!

सिउरी न्यादी पावरले आइपिओ निष्काशन गर्ने प्रक्रिया अगाडी बढायो

अर्थ संसार

सोमबार, २२ माघ २०८०, २० : ४६ मा प्रकाशित

सिउरी न्यादी पावरले आइपिओ निष्काशन गर्ने प्रक्रिया अगाडी बढायो

सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्ने तयारी अगाडी बढाएको छ। कम्पनी यस कार्य अगाडी बढाउन एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ६ अर्ब १९ करोड ६० लाख ७८ हजार ४०० रहेको छ। हाइड्रोपावरले आफ्नो जारी पूँजीको ४९ प्रतिशत  ३ अर्ब ३ करोड ६० ७८ हजार ४०० सय रकम बराबरको प्रति अंकित मूल्य रु. १०० का दरका ३,०३,६०,७८४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, बैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणलाई 
जारी गर्ने भनेको छ। 

४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भै सकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको कम्पनीले जनाएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको