Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन सकिने, क-कसले दिने आवेदन ?

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०५ : ३९ मा प्रकाशित

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन सकिने, क-कसले दिने आवेदन ?

आज साउन ३२ गते देखि बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका  आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले निष्काशन अनुमति पाएको १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको गर्न लागेको हो ।

आवेदनकर्ताले छिटोमा भदौ १४ गतेसम्ममा र ढिलोमा भदौ २९ गते सम्ममा कम्पनीको आईपिओमा आवेदन दिइसक्नसपर्ने छ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको