Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्ष २०७६/०७७ काे लाभांश लिन सिटिजन्स बैंकको आग्रह

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, ०७ : ३७ मा प्रकाशित

आर्थिक वर्ष २०७६/०७७ काे लाभांश लिन सिटिजन्स बैंकको आग्रह

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पुरानो लाभांश लिनका लागि आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो (आर्थिक वर्ष २०७६/०७७) नगद लाभांश बुझिलिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको हो । 

बैंकको साधारणसभाले लाभांश पारित गरेको मितिले ५ वर्षसम्म पनि सम्बन्धित सेयरधनीले बुझि नलिएको अवस्थामा त्यस्तो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने व्यवस्था भएकोले उक्त आवको लाभांश लिन बाँकी कोही सेयरधनी भए यथाशीघ्र लाभांश बुझिलिन आह्वान गरेको हो ।

लाभांश लिन बाँकी सेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारको बाटुलेघरस्थित बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेडमा आवश्यक कागजात तथा विवरणहरू सहित सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । तोकिएको अवधि नाघेपछि लिन बाँकी लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको