Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको नाफा ६.७७ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा भने ४८ प्रतिशले बढ्यो

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०५ : ५५ मा प्रकाशित

सेञ्चुरी बैंकको नाफा ६.७७ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा भने ४८ प्रतिशले बढ्यो

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा गिरावट आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  ७५ करोड ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर ५९ करोड ४६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ४० करोड ९२ हजार रुपैयाँमा सिमित थियो । अघिल्ले आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा बैंकको वितरणेग्य मूनाफा ४८ प्रतितशले बढेको हो । 

समिक्षा अवधीमा बैंकले ९३ अर्ब ४९ करोड ६६ लाख बढी निक्षेप संकलन गरी ७८ अर्ब ९ करोड ६७ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा २.११ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर १.९५ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६० करोड ६५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६९ करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन ३.२९ प्रतिशतले कम हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा १४.९० प्रतिशतले घटेर १ अर्ब ४५ करोड ४५ शजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब २१ करोड ५६ लाख रूपैयाँ थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ८९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार २ अर्ब १५ करोड रुपैयाँ थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसाले घटेको छ । त्यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३३ पैसा पुगेको छ बैंकको पीई रेसियो ३५.०५ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको