Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको प्रतिसेयर आम्दानी ५ रुपैयाँमा खुम्चियो !

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १० : २३ मा प्रकाशित

अपि पावरको प्रतिसेयर आम्दानी ५ रुपैयाँमा खुम्चियो !

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १६.०२७ प्रतिशतले बढेर १२ करोड ६० लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १० करोड ८६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १३.२० प्रतिशत बढेर ३६ करोड ७२ लाख ८८ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट ३२ करोड ४४ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४७ करोड ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २७ करोड ९९ लाख ४३ हजार रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ५ रुपैयाँ ९ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी गतबर्षको तुलनामा ४ रुपैयाँ ४ पैसा घटेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ३१ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ७९.१२ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको