Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको विद्युत बिक्री आम्दानी ८१.६५ प्रतिशतले बढ्यो,यस्तो छ अन्य वित्तीय सूचकको अवस्था

अर्थ संसार

आइतबार, ११ कार्तिक २०८१, १२ : ३३ मा प्रकाशित

अपि पावरको विद्युत बिक्री आम्दानी  ८१.६५ प्रतिशतले बढ्यो,यस्तो छ अन्य वित्तीय सूचकको अवस्था

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

आम्दानी

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ४७ करोड ५२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.६५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

खुद नाफा

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनी नाफामा पुगेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४० लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कुल नाफा / सञ्चालन मुनाफा

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९६.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५८.३६ प्रतिशत बढेको छ।

प्रतिसेयर आम्दानी/ प्रतिसेयर नेटवर्थ

असोज मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको