Like us!
Follow us!
Connect us!
Watch us!

अपी पावरले तय गर्यो हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १७ : १० मा प्रकाशित

अपी पावरले तय गर्यो हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति

अपी पावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको आज (मंगलबार) बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो। कम्पनीले यही असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै सो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्। 

नेपाल धितोपत्र बोर्डले गत असार ६ गते अपी पावरलाई चुक्तापुँजीको १ः०.४ अनुपातमा अर्थात् ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो। 

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको