Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको दोस्रो त्रैमास - १४,४४१ % ले बढ्यो नाफा ,अन्य कुन सूचकमा कस्तो प्रगति ?

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १३ : ३८ मा प्रकाशित

अपि पावरको दोस्रो त्रैमास -  १४,४४१ % ले बढ्यो नाफा ,अन्य कुन सूचकमा कस्तो प्रगति ?

अपि पावर कम्पनी लिमिटेडले  चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । दोस्रो त्रैमाससम्मको अवधिमा  कम्पनीको आम्दानी,नाफा र इपीएसलगायतका वित्तीय सूचकमा सुधार देखिएको हो ।   

कम्पनीले  दोस्रो त्रैमाससम्ममा ३१ करोड १६ लाख ८८ हजार रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४,४४१.६४ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले  २१ लाख ४३ हजार रुपियाँ नाफा कमाएको थियो ।

यो अवधिसम्ममा कम्पनीले  विद्युत बिक्रीमार्फत ८५ करोड ८० लाख रुपियाँ कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ३८.३७ प्रतिशत बढी हो । गत वर्ष दोश्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्री गरेर ६२ करोड ६६ हजार रुपियाँ कमाएको थियो ।

६ अर्ब ४ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ५३ करोड २० लाख र कुल चालु दायित्व ८२ करोड ८२ लाख रुपेयाँ रहेको छ ।  

पुसमसान्तसम्म कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २.७५ रुपियाँबाट  १०.२६ रुपियाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १०९.१८ रुपियाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको