Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारणसभा

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ११ : २३ मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्न अपि पावरले बोलायो साधारणसभा

अपि पावर कम्पनी लिमिटेडले कात्तिक १ गते २१औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । 

 सभा सञ्चालनको तयारीका लागि असोज १६ गते बुक क्लोज गर्ने व्यवस्था गरिएको छ।

यसले गर्दा असोज १५ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनको लागि योग्य हुनेछन्।

यस कम्पनीको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा शतप्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने, बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी ९.७ मेगावाटको न्वागाड साना जलविद्युत आयोजना निर्माण गर्ने, दार्चुला पावर कम्पनीमा लगानी गरी २८.३ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने लगायत प्रस्ताव साधारण सभामा प्रस्तुत गरिंदैछ।

साधारण सभाले ५ जना सञ्चालक पनि चयन गर्ने तालिका छ।

सभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा ११ बजे शुरु हुनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको