Like us!
Follow us!
Connect us!
Watch us!

झिनाे अंकले बढ्याे नेप्से, हाइड्रोमा किन ओईरिँदैछन् लगानीकर्ता ?

नेप्से

मंगलबार, ०१ भदौ २०७८, १४ : ५६ मा प्रकाशित

झिनाे अंकले बढ्याे नेप्से,  हाइड्रोमा किन ओईरिँदैछन् लगानीकर्ता ?

आज (मंगलबार) सेयर बजार झिनाे अंकले बढेकाे छ । सामान्य बढेकाे बजारमा पनि हाइड्राेपावरकाे सेयरमा भने उछाल छाएकाे छ । मंगलबार पनि हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । सर्वाधिक काराेबार हुने अनि सर्वाधिक नाफा कमाउने पनि अधिकांश हाइड्राेहरू छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमा पुगेकाे छ । नेप्से ०.०१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.३५ अंकले बढेर ५९३.२८ विन्दुमा पुगेकाे छ ।

कूल २२१ वटा कम्पनीकाे ३ कराेड ६ लाख १३ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २ सय ३७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

611b877c7bcbe.jpg

611b8785cba43.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

611b8791c9e46.jpg 

केही हाइड्राेपावर कम्पनीले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकर्ताकाे ध्यान यसतर्फ माेडिएकाे अनुमान लगाउन सकिन्छ । यति मात्र नभएर विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । साेही कारण पनि हाइड्राेपावरप्रति लगानीकर्ताकाे  आकर्षण बढेकाे अनुमान लगाउन सकिन्छ ।

मंगलबार ११ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जसमध्ये अधिकांश हाइड्राेपावरहरू छन् । आँखुखोला जलविद्युत, माउन्टेन इनर्जी, अरूण काबेली पावर, सिईडिबी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर र रूरू जलविद्युतकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

मंगलबार सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा अपि पावर रहेकाे छ । त्यसपश्चात् धेरै काराेबार हुने अन्य कम्पनीहरूमा एचआईडीसीएल, अरूण काबेली, अरूण भ्याली, रिडी हाइड्रोपावर, नेपाल बैंक लगायतका कम्पनीहरू रहेका छन् ।

611b879722957.jpg

यस दिन एनआईबीएल प्रगति फण्ड, १० प्रतिशत नबिल डिबेञ्चर २०८२, सिद्धार्थ इक्विटी फण्ड, माछापुच्छ्रे बैंक, प्राइम लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरूले सर्वाधिक नाफा गुमाएका छन् ।

611b87a8d365f.jpg 

याे पनि :

NEPSE ANALYSIS- SECTOR ANALYSIS -MICRO FINANCE , BANKING, DEVELOPMENT BANK, FINANCE, HYDROS........

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको