Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतले गर्यो बम्पर लाभांश घोषणा

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, १० : ३६ मा प्रकाशित

रुरु जलविद्युतले गर्यो बम्पर लाभांश घोषणा

 रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षका बम्पर लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ १ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ छ । 

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 

611c92be047f1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको