Like us!
Follow us!
Connect us!
Watch us!

वितरणयोग्य मूनाफामा मुक्तिनाथ अब्बल, कुन विकास बैंकको अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १८ : ४१ मा प्रकाशित

वितरणयोग्य मूनाफामा मुक्तिनाथ अब्बल, कुन विकास बैंकको अवस्था कस्तो ?

नेपालका १८ विकास बैंकहरुमध्य १७ वटा बैंकहरु नेप्सेमा सुचिकृत छन् । ती सबै बैंकहरुले अहिले अघिल्लो आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

१८ वटा विकास बैंकहरु मध्य खोटाङमा केन्द्रिय कार्यलय रहेको साल्पा विकास बैंकले हालसम्म पनि प्राथमिक सेयर निष्काशन नगरेकाले दोस्रो बजारमा सुचिकृत छैन भने सहारा विकास बैंकको दोस्रो बजार कारोबार रोक्का छ । पहिले देव विकास बैंकसंगको मर्जर प्रक्रिया अगाडी बढेपछि रोकिएको दोस्रो बजार कारोबार मर्जर प्रक्रिया बाँडिएको लामो समय बितिसक्दा पनि खुलेको छैन भने हाल सहारा विकास र गरिमा विकास बैंकका बिचमा १ः१ काृे अनुपातमा मर्जर प्रक्रिया अगाडी बढाउन दुबै बैंकले साधारसभा आह्वान गरिसकेका छन् । 

सामान्यतः कम्पनीमा कति वितरण योग्य मुनाफा छ त्यसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई कतिसम्म लाभांश वितरण गर्नसक्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । 

गत आर्थिक बर्षको अन्तिमसम्ममा सार्वजनिक वित्तीय विवरण अनुसार मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो मुक्तिनाथ विकास बैंक देखिएको छ । समिक्षा अवधी सम्ममा बैकको वितरणयोग्य मुनाफा ८६ करोड ५ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै समिक्षा अवधीमा वितरण योग्य मुनाफामा सबैभन्दा कमजोर नारायणी विकास देखिन्छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा नकारात्मक छ । यो अवधीमा बैंकको वितरणयोग्य मूनाफा २१ करोड भन्दा बढि ऋणात्मक छ ।  

प्रतिसेयर वितरणयोग्य मुनाफा पनि मुक्तिनाथ विकास बैंक नै अब्बल देखिएको छ । बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा १७ रुपैयाँ ८८ पैसा देखिन्छ । अहिलसम्मको कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको सुचिकृत सेयर संख्याले भाग गरेर कम्पनी प्रतिसेयर वितरणयोग्य मुनाफा निकालिएको हो । 

बैंकहरुले वितरणयोग्य नाफाबाहेक सेयर प्रिमियम, जगेडामा रहेको रकमसमेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन्। यहाँ त्यसलाई गणना गरिएको छैन। बैंकहरुको शेयर प्रिमियम, जगेडा कोषलाई समेत हिसाब गर्दा लाभांश क्षमता बढ्न सक्ने छ। 

हालै सहारा विकास बैंक र गरिमा विकास बैंकका बिचमा मर्जर र एक्विजिसनको प्रक्रिया अगाडी बढेको छ सहारा विकास बैंकका सेयरधनीहरुले १ः१ को अनुपातमा गरिमा विकास बैंकको सेयर गर्ने छन् जसका कारण यो कम्पनीको सेयर संरचना र लाभांशमा परिवर्तन हुनेछ । त्यसैगरी एक्सल डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट १ः०.३० को अनुपातमा हकप्रद निष्काशनको अनुमति पाईसकेको छ त्यसकारण कम्पनीको हकप्रद निष्काशन पश्चात कम्पनीको सेयर संख्या बृद्धि हुने हुँदा लाभांशमा परिवर्तन हुनेछ । 

यसरी हेर्दा गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तिय विवरणका आधारमा विकास बैंकहरुको वितरणयोग्य मुनाफाको अवस्था यस्तो छः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको