Like us!
Follow us!
Connect us!
Watch us!

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन - सञ्चारमन्त्री खरेल

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, १६ : ०२ मा प्रकाशित

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन - सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चार माध्यमसँग सम्बन्धित विभिन्न संघ–संस्था तथा सरोकारवालासँग भएको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चार माध्यम बनेकाले यसलाई बन्द गर्ने सरकारको कुनै योजना नभएको बताएका हुन्।

उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने कार्यमा सरकारसँगै सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, सरकारले सामाजिक सञ्जाललाई नयाँ मूलधारको सञ्चार माध्यमको रूपमा पहिचान गरेको र यसलाई सदैव प्राथमिकतामा राख्ने पनि स्पष्ट पारे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको