Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड ब्रोकर कमिसन घटाउनुको सट्टा त्यसमै रमाइरहेको लगानीकर्ता चौलागाईँको आरोप

लगानीकर्ताको आवाज

विहीबार, १० भदौ २०७८, ११ : ५४ मा प्रकाशित

नेपालको सेयरबजारमा लामो समयदेखि लगानी गर्दै आएका एस.पी. चौलागाईले अहिले नेपालमा कायम ब्रोकर कमिसन अत्यन्तै महँगो भएको भन्दै तत्काल घटाइनु पर्ने बताएका छन् । उनले नियामक निकाय धितोपत्र बोर्ड भने लगानीकर्ताको हितमा ब्रोकर कमिसन घटाउनुको सट्टा चर्को कमिसनमा रमाएको आरोप लगाए ।

अर्थसंसार डटकमकको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा चौलागाईले दैनिक २० करोडको कारोबार भोलुम २१ अर्ब रुपैयाँनाघ्दा पनि ब्रोकर कमिसन उल्लेख्य रुपमा नघटेको भन्दैनियामक निकायले ब्रोकरबाट समेत कमिसन खाएको आरोप लगाए ।

“बजारमा पहिलोको तुलनामा २० औँ गुणा बढी नयाँ लगानीकर्ताहरु प्रबेश गरेका छन् । कारोबार रकम पनि करिब एक सय गुणाले बढेको छ । पहिलेको तुलनामा ब्रोकरको काम घटेको छ । पहिले ब्रोकरहरुले गर्ने काम अहिले लगानीकर्ताहरु आफैँले गरिरहेका छन् भने किन ब्रोकर कमिसन घटाउन नियामक निकाय आवश्यक देख्दैन ? उनले प्रश्न गरे । बजारमा ५० जना ब्रोकरले लाखौं लगानीकर्ताहरुको सम्पत्तिमा रजाई गरिरहने ?

बजार बढेपछि केहि घट्नु सामान्य भएकाले बेलाबेलामा आउने करेक्सनले बजारलाई झनै मजबुत बनाउने बताए । “अहिलेसम्मको नेपालको सेयर बजारको ट्रेन्डलाई हेर्दा बढेको परिसूचकको अधिकतम ३० देखि ४० प्रतिशतसम्म परिसूचकमा करेक्सन आउने गरेको दखिन्छ । कुनै समयमा नेप्से परिसूचक निरन्तर ३ सय बिन्दुले बढेको छ भने त्यस्तो अवस्थामा ९० देखि १२० अंकसम्म नेप्सेमा करेक्सन देखिन सक्छ । जुन सामान्य हो,” उनले भने ।

कहिलेकाँहि लगानीकर्ताहरुले सेक्टर मुभमेन्ट गर्दा पनि नेप्सेमा करेक्सन देखा पर्ने उनको तर्क छ । त्यस्तो करेक्सनबाट भने लगानीकर्ताहरु आत्तिन नहुने उनको भनाइ छ । बजारमा कि राम्रोसँग अध्ययन गरेर, बुझेर ट्रेडिङ गर्नेहरुले कमाउन सफल भएको देखिन्छ कि त नआत्तियर आफूसँग भएको कम्पनीको वित्तीय अवस्था र भविश्य देखेका लगानीकर्ताहरुले सेयर होल्ड गरेर कमाईरहेको उनको अनुभव छ ।

लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गर्दै गर्दा सबैभन्दा पहिले आफू इन्भेष्टर हुँ कि ट्रेडर भन्ने बुझेर मात्र सेयर बजारमा प्रबेश गर्नुपर्ने उनको भनाइ छ । ट्रेडिङ गर्ने कम्पनीमा इन्भेष्टमेन्ट र इन्भेष्टमेन्ट गर्ने कम्पनीमा ट्रेडिङ गरियो भने यसबाट नराम्रो नोक्सानी हुन सक्छ । त्यसैले सेयर बजारमा अरुले कमाएको देखेर म छुटे भन्दै आत्तिएर प्रवेश गर्नुभन्दा पहिला राम्रोसँग अध्ययन गरेरमात्र सेयर बजारमा प्रवेश गर्नुपर्ने उनको सुझाव छ ।

विभिन्न मिडिया र सामाजिक सञ्जालमा विभिन्न कम्पनीहरुको नामै तोकेर राम्रो र नराम्रो भन्नु गैर काननी भएको भन्दै उनले यस्ता कार्यमा संलग्न जो कोहिलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उनको तर्क छ । तर जसले कानुनको पालना र कार्यन्यन गराउनुपर्ने हो । उसैले नै कानुनको धज्जी उडाइरहेको उनको आरोप छ ।

नयाँ लगानीकर्ताहरु बुम बुम भन्नेहरुको पछाडि नलागी बुझेर मात्र लगानी गर्नुपर्ने उनको तर्क छ । कसैले सामाजिक सञ्जालमा कुनै कम्पनीहरुको मार्केटिङ गरिरहेको छ भने लगानीकर्ताहरु उसको पछि नलागी त्यस्तो कम्पनीको अवस्था र भविष्यका बारेमा बुझेर मात्र लगानी गर्न सकेमा फाइदाजनक हुने बताउँछन् उनी ।

बेला बेलामा विभिन्न नियामक निकायहरुबाट आउने विभिन्न विज्ञप्तीहरु स्वतन्त्र रुपमा नभई प्रायोजित रुपमा आउने गरेको उनको आरोप छ । विभिन्न कम्पनीहरुले समयमा वित्तीय विवरणहरु प्रकाशन नगर्ने, गलत र भ्रामक वित्तीय विवरणहरु प्रकाशन गर्दा पनि नियामक निकाय निरिह भएर बस्नु अत्यन्तै खेदजनक रहेको बताउछन् चौलागाँई ।

बजारमा अहिले नयाँ लगानीकर्ताहरुले पुँजीगत लाभ बन्दा पनि राम्रो लाभांश वितरण गर्ने कम्पनीहरु छानेर लगानी गर्दा सुरक्षित हुने उनको बुझाई छ । पुँजीगत लाभ लिन खोज्ने लगानीकर्ताहरुले जोखिम पनि त्यत्तिकै बहन गर्न सक्नुपर्छ ।

लाभांशलाई प्राथमिकतामा राखेर लगानी गर्दा भने त्यति जोखिम नहुने उनको बुझाई छ ।

अहिलेको सेयर बजारलाई नियमन गर्ने नियामक निकायहरु कोहि कसैबाट प्रायोजित भएको उनको आरोप छ । नियामक निकायमा रहेक जिम्मेवार व्यक्तिहरुले जथाभावी नबोलि आधिकारीक रुपमा आधिकारीक ठाँउमा मात्र आधिकारीक रुपमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

उनीसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको