Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले ल्यायाे ‘गरिमा तीजको लहर’

अर्थ संसार

विहीबार, १० भदौ २०७८, १६ : ४० मा प्रकाशित

गरिमा विकास बैंकले ल्यायाे ‘गरिमा तीजको लहर’

गरिमा विकास बैंक लिमिटेडले भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न सम्पुर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएकाे छ ।

यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् । 

यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्नेछ । यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट गरिने छैन ।

प्रतियोगिताको विजेताले ९ हजार रूपैयाँ, उप–विजेताले ६ हजार रूपैयाँ र तेस्रो हुनेले ३ हजार रूपैयाँ जित्न सक्नेछन् । त्यस्तै, एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार जित्नेछन् । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ । 

ईच्छुक महिला टिकटकरहरुले भदाै २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको