Like us!
Follow us!
Connect us!
Watch us!

भाषिक छुद्रता : आफै गिज्जीरहेका छन् नेताहरू

बुधबार, २४ जेठ २०७४, ११ : १४ मा प्रकाशित

भाषिक छुद्रता : आफै   गिज्जीरहेका छन्  नेताहरू

नेताहरू हामीलाई भन्छन् आम जनता भन्दा ठूलो कोही छैन। फेरी आफ्ना कार्यकर्ताकोमा पुग्दा भन्छन् तपाईहरूत यती ठूलो हुनुहुन्छकि तपाई नभए हाम्रो कुनै अर्थ छैन। फेरी ठूला नेताहरू साना नेताहरूलाई भन्छन्कि तपाईहरूलेनै मलाई यती ठूलो बनाईदिनु भएको हो।

तपाईहरू नभएको भए म काहॉ यस्तो नेता बन्थेर ! अध्यक्ष्यले मासचीवलाई भन्छ तपाई धेरै ठूलो मान्छे हो तपाईले छाड्दिनु भयोर त म अध्यक्ष बने। हामीजस्ता स-सना मान्छेहरू जसलाई ठूला मान्छेले तपाई भन्दा ठूलो कोही छैन भन्छन्, त्यसमा के तपाईको सन्म्मान देखिन्छ ? बिलकूल देखिदैन।

चुनाबको परिणाम पछिका नेताहरूको प्रतिक्रिया हेर्नुस्त। जित्नेले हार्ने पार्टीलाई यति निष्कृष्ट तरीकाले गालीगर्छकि आङ्ग नै जीरींग हुन्छ। ऊसले भनिरहेका ती तुच्छ कुराहरू तपाई हामीलाईनै भनिरहेको हैनर ? तपाई र मैले पनि भोट दिएका थीयौं नि त ! कसैले जीते। कसैले हारे।

तर तपाई गाली र सराप खादै हुनुहुन्छ। देशव्यापी रूपमै केही बढी जीत्नेले हार्नेलाई गरेको गाली तथा हार्नेले जित्नेलाई गरेको गाली मानविय संवेदना भन्दा तल्लो स्तरको देखिन्छ आजभोलि। अनि सोच्नुस्त तपाई जनता कसरी ठूलो ? तपाईको मताधिकार कसरी ठूलो ? तपाईको मतको सम्मान भयो या अपमान ? ऊल्टै गालि बेईजति भयो। अलि अगाडिका बर्षमात शिष्ट भाषा प्रयोग हुन्थ्यो।

अहिलेत थोरैपनि मान्छेजस्तो देखिदैनन् ऊनिहरूका विचारहरू। नेताहरू यति छोटा देखिन थालेकि हामीलाईपो लाज लाग्न थाल्यो। सत्ता क्षणीक हो भन्ने नबुझ्दापनि, एऊटा युगमा यो कुनै प्रणालीमा यता-ऊता गरिनै रहने हो।

तपाई नेताहरू ढुक्क भएहुन्छ तपाईहरूले बनाएको नीयमले काम गरून्जेल तपाईहरूकै वरिपरी सत्ता घुमीरहन्छ। यसमा द्विविधा छैन। तर अब तपाईहरू अलिकति सभ्य बन्ने कोशीश गर्नेहोकि ! अरूलाई सम्मानको भाषामा critics गर्नेहोकि ! तपाईले बोलेको वा लेखेको कुराले कसैलाई चित्तत दुख्दैन।

एकपटक हैन दुई पटक सोच्नुहोस्। सोच्नुस्त तपाईका छोरा-छोरीले यसरी तपाईलाई गाली गरे कस्तो लाग्ला ? राजनिती गर्नुहुन्छ: कम्तीमा दुई कुरा याद गर्नुस्: १.हप्तामा एकपटक मृत्यूबोध गर्नुस् २. सत्ता क्षणिक हुन्छ यो हिजो अर्कैको थीयो र भोलि अर्कैको हुन्छ भन्ने सोच्नस्। अलिकति मान्छे बनिदिनुस्।

बस, पुग्यो। Face book को भीत्तामा सामान्य मान्छेलाईनै लाज लाग्ने Status नलेख्नुस्। TV मा भूरे- टाकुरे बनेर हैन सम्मानित भएर अन्तर्वाता दिने कोशीश गर्नुस्। पत्रिकामा लेख लेख्दा यो देशमा धेरै ज्ञानी मान्छेहरूछन् भन्ने सम्झेर लेख्नुस्। तपाईले जसरी लेख्नुहुन्छ वा बोल्नुहुन्छ नि म sure छु तपाईका कार्यकर्ता पनि त्यस्तै गर्न थाल्छन्।

अनि हामी सबै आम मान्छे बन्नेछौं। अनि कति मज्जा ! हामीत गौतम बुद्दका देशका मान्छे हौं। बुद्द कसरी बोल्थे र प्रतिक्रिया दिन्थे, ऊनका नीति कथाहरू तपाईले सुनेको छैन भन्नेमा म कसरी विश्वास गरौं ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको