Like us!
Follow us!
Connect us!
Watch us!

विधान मस्यौदा र नेतृत्वको बहसबीच एमाले सचिवालय बैठकको तैयारी

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ०७ : १५ मा प्रकाशित

विधान मस्यौदा र नेतृत्वको बहसबीच एमाले सचिवालय बैठकको तैयारी

नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।

च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ।

प्रमुख नेतृत्वमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्नेबारे पार्टीभित्र फरक फरक मत प्रकट भइरहेको बेला यो सचिवालय बैठक बस्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको