Like us!
Follow us!
Connect us!
Watch us!

इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, ०७ : ४५ मा प्रकाशित

इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा

मेलम्ची इन्द्रावती नदीमा आएको लगातारको बाढीका कारण साउन १७ गतेदेखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ ।

सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिनापछि सञ्चालनमा आएको हो । यसअघि गत असार १ गतेको मेलम्ची इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेदेखि सञ्चालनमा आएको थियो ।

साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा बगाएको दुईवटा टावर महिना दिनभित्रमा अस्थायी पुनःनिर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको केन्द्रका कामु प्रमुख इञ्जीनियर वसन्तलाल कर्णले जानकारी दिएका छन् ।

गत असार १ गतेको इन्द्रावतीमा आएको बाढीले जलविद्युत् केन्द्रको तिपेनीस्थित बाँधमा क्षति पु¥याएको थियो भने मेलम्ची खोलामा आएको बाढीले दुईवटा टावर बगाएको थियो । तिपेनीस्थित बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनःनिर्माण गर्न नसकिएको कर्णले बताए । हिउँदमा गरिने पुनःनिर्माणका लागि थप रु चार करोड खर्च हुने अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको